शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • अफगानिस्तानको दुई प्रान्तीय राजधानी तालिबानको कब्जामा
Breaking News

अफगानिस्तानको दुई प्रान्तीय राजधानी तालिबानको कब्जामा

जुनेली न्यूज, काठमाडौं ।अफगानिस्तानमा सरकारसँग  युद्ध गरिरहेको चरमपन्थी संगठन तालिबानले उत्तरी क्षेत्रमा रहेको जाज्जान प्रान्तको सेबर्घान सहर  नियन्त्रणमा लिएको छ ।

तालिबानले गत शुक्रबार प्रान्तका गभर्नरको कार्यालयको कम्पाउण्डलाई नै आफ्नो नियन्त्रणमा लिएको थियो भने , अफगानी सेनाले तालिबानलाई हटाएको थियो । प्रान्तका काउन्सिल प्रमुख बाबुर एस्की अनुसार तालिबानका लडाकुले अहिले सेनाको बेसक्याम्पबाहेक सबै सहरलाई कब्जामा लिएको बताएका छन् ।

अहिले तालिबानले अफगानिस्तानका प्रमुख सहरलाई पकडमा लिने प्रयास गरिरहेको छ । सेबर्घान अफगानिस्तानका पूर्व उपराष्ट्रपतिक अब्दुल रासिद डोस्टमको बलियो पकड रहेको सहर हो । उनका समर्थकले उक्त सहरमा तालिबानविरुद्धको लडाइँको नेतृत्व गरिरहेका छन् । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार अफगानिस्तानको सेनालाई सहयोग गर्न अहिले १५० जना मानिसहरु उक्त सहरमा गएका छन् ।

अफगानिस्तानका रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार सरकारी सेना अझै पनि सोही सहरमा रहेको र अब छिटै नै उक्त सहरलाई पुनः आफ्नो नियन्त्रणमा ल्याउने दाबी गर्ने बताए । पछिल्लो दुई दिनमा तालिबानको कब्जामा गएको यो दोस्रो प्रान्तीय राजधानी हो । यसअघि गत शुक्रबार निम्रोज प्रान्तको जारन्ज सहरमा पनि तालिबानले कब्जा जमाएको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु