आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • काठमाडौंमा एस्ट्राजेनेका खोप लगाउनका लागि १४४ केन्द्र तोकियो
Breaking News

काठमाडौंमा एस्ट्राजेनेका खोप लगाउनका लागि १४४ केन्द्र तोकियो

जुनेली न्यूज, काठमाडौं । काठमाडौंमा एस्ट्राजेनेका खोप लगाउनका लागि १४४ केन्द्र तोकिएको छ  | कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई सोमबार (जेठ २५ गते) देखि दोस्रो मात्रा दिइने भएको छ ।

यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा नै एस्ट्राजेनेका खोप लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको अनलाइन प्रणालीमा विवरण इन्ट्री गराएकाहरुलाई खोप प्रदान गरिने र अन्यथा भएमा खोप प्रदान गर्ने संस्थाका प्रमुख, कोअर्डिनेटर, स्वयंसेवक र संलग्न अन्य कर्मचारीहरुलाई कानुनबमोजिम कारबाही गर्ने चेतावनी स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु