जुनेली न्यूज, काठमाडौं । काठमाडौंमा कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकले फेरी साउन २२ देखि दोस्रो डोज लगाउन पाउने भएका छन् ।
स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले सूचना जारी गरी जेठ २५ गतेयता पहिलो डोज लगाएका ६०–६४ वर्ष उमेर समूहका नागरिकलाई २२–२४ साउनसम्म खोप लगाउने कार्यक्रम तय भएको जानकारी दिनुभयो |
खोपको पहिलो डोज लगाएको तीन हप्ता पूरा भएका नागरिकलाई काठमाडौंका सबै पालिकामा दोस्रो डोज खोपका लागि सूचना गरिएको छ |
फेसबुक प्रतिक्रियाहरु