शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • डा. जागेश्वोर गौतमलाई प्रसुती तथा स्त्रीरोग अस्पताल सरुवा
Breaking News

डा. जागेश्वोर गौतमलाई प्रसुती तथा स्त्रीरोग अस्पताल सरुवा

जुनेली न्यूज, काठमाडौं । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतमलाई प्रसुती तथा स्त्रीरोग अस्पताल सरुवामा पठाइएको छ  |

युनिफाइड केन्द्रीय अस्पतालमा भने  डा. भुपेन्द्र बस्नेतलाई पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिएका छन् ।

यसअघि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार गरेको सरुवालाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेबहादुर देउवाले रोकेका थिए । राज्यमन्त्री श्रेष्ठले डा. गौतमलाई प्रसुती तथा स्त्रीरोग अस्पताल सरुवा गरेरे युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारीमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई पठाएका थिए । तर अब डा. बस्नेतलाइ  पठाइएको छ |

फेसबुक प्रतिक्रियाहरु