शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • नक्कली पेस्तोल देखाइ धम्की दिएको अभियोगमा दुइ किशोर पक्राउ
दुर्घटना/अपराध

नक्कली पेस्तोल देखाइ धम्की दिएको अभियोगमा दुइ किशोर पक्राउ

जुनेली न्यूज, काठमाडौं । कागेश्‍वरी मनोहरा नगरपालिका-८ बस्ने २५ वर्षीय अलबहादुर बम र सोही ठाउँ बस्ने हुम्ला खार्पुनाथ गाउँपालिका-१ घर भएका १८ वर्षीय किशोरहरुले  नक्कली पेस्तोल देखाइ धम्की दिएको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

कागेश्‍वरी मनोहरा नगरपालिका-७ मुलपानी भैरबचौरस्थित भैरब बचत तथा ऋण सहकारी संस्थामा नक्कली पेस्तोल देखाई धाकधम्की दिएको अभियोगमा उनीहरुलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

उक्त संस्थामा बा ६५ प ४०८७ नम्बरको स्कुटरमा आएका व्यक्तिहरुले आइतबार दिउँसो पेस्तोल देखाई धम्की दिएका थिए । पक्राउ परेका उनीहरुको साथबाट नक्कली खेलौना पेस्तोल १ थान र उक्त स्कुटर प्रहरीले बरामद गरेको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

फेसबुक प्रतिक्रियाहरु