सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाउने पहिलो जिल्ला मनाङ
Breaking News

सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाउने पहिलो जिल्ला मनाङ

जुनेली न्यूज, काठमाडौं । स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार मनाङमा  चार हजार १९८ जना नागरिकले कोरोना खोप लगाएका छन् । तिमध्य चार हजार ३३ जनाले पूर्ण खोप लगाएका छन् |

१८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाउने पहिलो जिल्ला मनाङ बनेको छ ।

कोभिशिल्डको दोस्रो खोप लगाउन १६५ जना मात्रै बाँकी रहेको आचार्यले जानकारी  दिएका छन् ।मनाङमा कोभिशिल्डको पूर्ण खोप लगाउने नागरिक दुई हजार ९६, जोनसन एण्ड जोनसनको पूर्ण खोप लगाउने नागरिक दुई हजार २७ र भेरोसेलको पूर्ण खोप लगाउने ७५ जना रहेको आचार्यले बताए ।

नागरिकहरु विभिन्न कामको सिलसिलामा देश–विदेशमा रहेका कारण खोप लगाउने नागरिकको संख्या ४ हजार १९८ रहेको आचार्यले बताए ।

स्वास्थ्य कार्यालयले मनाङमा खोप लगाउने योग्य नागरिक ४ हजार ५०० रहेको प्रक्षेपण गरेको थियो ।

आचार्यका अनुसारमा मनाङमा गत माघ १४ गतेदेखि खोप लगाउने अभियान शुरु भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु