शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सरकारले नेपाल शिक्षक महासंघको मागलाई बेवास्ता गरेको भन्दै शिक्षकहरुको रिले अनशन शुरु
दुर्घटना/अपराध

सरकारले नेपाल शिक्षक महासंघको मागलाई बेवास्ता गरेको भन्दै शिक्षकहरुको रिले अनशन शुरु

जुनेली न्यूज , काठमान्डौ | नेपाल शिक्षक महासंघले विभिन्न ३४ बुँदे माग चौथो चरणको आन्दोलन गरिरहेको छ | सरकारले महासंघको मागलाई बेवास्ता गरेको भन्दै आज बिहानबाट सिक्षकहरुले एक दिने रिले अनशन सुरु गरेका छन् |

महासंघ आवद्ध शिक्षकहरु देशभरिका ८३८ निकाय र काठमाडौँको माइतीघरमा अनशन बसेको महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । उनले भने, ‘सरकारले हामीसँग गरेको ३४ बुँदे सहमति कार्यान्वयन हुनुपर्छ । सहमति गरेर पनि कार्यान्वयन नभएपछि आन्दोलनमा उत्रिनुपरेको छ ।’
शिक्षकहरु पालिका, शिक्षा विकास तथा समन्वय एकाइ र प्रदेशस्थित सामाजिक विकास मन्त्रालयको प्रवेशद्वारमा अनशनमा बसेका छन् भने केन्द्रीय पदाधिकारीहरु माइतीघरमा बसेका छन् । करीब तीन हजार शिक्षक रिले अनशनमा सहभागी भएको महासंघले जनाएको छ ।
महासंघले प्रारम्भिक बालकक्षा शिक्षक तथा कर्मचारीको तलब वृद्धि संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, कोभिडविरुद्धको खोपको व्यवस्था हुनुपर्ने, कोभिडका कारण मृत्यु भएका शिक्षक परिवारलाई क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने, आन्तरिक परीक्षाबाट बहिर्गमनमा परेका अस्थायी शिक्षकलाई तत्काल गोल्डेन हेन्डसेक दिनुपर्ने लगायतका माग गर्दै आन्दोलन गरिरहेका छन् ।

यसैगरी महासंघले साउन २२ गते शुक्रबार सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा र साउन २९ गते शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि धर्ना दिने कार्यक्रम तय रहेको जनाएको छ । महासंघले बालुवाटारमा एक हजार शिक्षकको सहभागिता रहने दाबी गरेको छ ।
शिक्षकहरुको आन्दोलनका कारण कतिपय स्थानमा ११ कक्षाको परीक्षासमेत स्थगित भएको छ ।

फेसबुक प्रतिक्रियाहरु