जुनेली न्यूज, काठमाण्डौ | बिश्व बाघ दिवसको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेर बहादुर देउवाले वर्तमान अवस्थामा बनजंगलको बिनासको कारण बाघको बासस्थानमा धेरै प्रभाव परेको बताउनु भएको छ |
प्रधानमन्त्री देउवाले बाघको संरक्षण तथा बास स्थानका लागि जंगल आवश्यक रहेकाले जंगल जोगाउनतर्फ सबैले ध्यान दिनुपर्ने बताएका छन् |
बाघको बासस्थान सुरक्षा गर्दै चोरी निकासी रोक्न आवश्यक रहेको उनले बताए उनले भने ‘ जंगल र बाघ एक अर्काको लागि आवश्यक कुरा हुन् बाघको बास स्थान सुरक्षित गर्न बिशेष ध्यान दिनुपर्छ |’
फेसबुक प्रतिक्रियाहरु