बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूह आन्तरिक छलफलमा
Breaking News

नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूह आन्तरिक छलफलमा

१० साउन , काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूह आन्तरिक छलफलमा जुटेको छ । पौडेल समूहको बैठक महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा जारी छ ।

बैठकमा सरकार सञ्चालन, पार्टीको आसन्न महाधिवेशन र क्रियाशील सदस्यताका विषयमा छलफल भइरहेको बताइएको छ । छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री डा. रामशरण महत र अर्जुननरसिंह केसीलगायत नेताहरुको उपस्थिति रहेको छ ।

शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले वडा अधिवेशन स्थगित गर्ने निर्णय गरेपछि कांग्रेस महाधिवेशन प्रभावित भएको छ । महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरिएको छैन । क्रियाशील सदस्यतालाई लिएर विभिन्न जिल्लामा विवाद कायमै छ ।

फेसबुक प्रतिक्रियाहरु