मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • कांग्रेसलाई सत्ता सुम्पिनका लागि माधव समूह लाग्नु अलोकतान्त्रिक हो -प्रदीप ज्ञवाली
Breaking News

कांग्रेसलाई सत्ता सुम्पिनका लागि माधव समूह लाग्नु अलोकतान्त्रिक हो -प्रदीप ज्ञवाली

१० साउन, काठमान्डौ । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनसँग देश र जनताको हितमा काम गर्ने एजेण्डा नै नभएको बताएका छन् । उनले गठबन्धन असैद्धान्तिक भएको समेत दाबी गरेका छन् ।

आज प्रेस चौतारी नेपाल गुल्मीले सदरमुकाम तम्घासमा गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्वमन्त्री समेत रहेका प्रदिप ज्ञवालीले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गरे पनि आफूहरुको असहमति रहेको बताएका छन् ।
जनादेशबाट गठन भएको केपी शर्मा ओली नेतृत्वको सरकारलाई सर्वोच्च अदालतको परमादेशबाट हटाई शेरबहादुर देउवा नेतृत्वको सरकार गठन गर्ने फैसला गैरराजनीतिक भएको उनको टिप्पणी छ । अदालतको फैसलाले राज्यका आधारभूत संरचनाहरुलाई पनि खलबल्ल्याएको ज्ञवालीले जिकिर गरे । राजनीतिक संकटलाई राजनीतिक दलबाटै समाधान खोजिनुपर्ने उनको भनाइ छ ।

साथै नेता ज्ञवालीले पार्टीलाई एक ढिक्का बनाउनका लागि माधव नेपाल पक्षले हालसम्म गरेका गल्तीहरुलाई माफ दिइएको बताए । एमाले नेतृत्वको सरकारलाई ढालेर कांग्रेसलाई सत्ता सुम्पिनका लागि माधव समूह लाग्नु अलोकतान्त्रिक र विडम्बना भएको ज्ञवालीको  तर्क छ ।

फेसबुक प्रतिक्रियाहरु