शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • शेरबहादुर देउवा नेतृत्वको सरकारबाट धेरै आशा गर्न नसकिने राप्रपाका अध्यक्ष कमल थापाको भनाइ
Breaking News

शेरबहादुर देउवा नेतृत्वको सरकारबाट धेरै आशा गर्न नसकिने राप्रपाका अध्यक्ष कमल थापाको भनाइ

६ साउन, काठमान्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले शेरबहादुर देउवा नेतृत्वको सरकारबाट धेरै आशा गर्न नसकिने बताएका छन् । गठबन्धनबाट बनेको नयाँ सरकारप्रति विश्वासको वातावरण नभएकाले जनताले धेरै आश गर्ने ठाउँ नभएको अध्क्षय थापाले बताएका छन्  ।

राप्रपा मकवानपुरद्वारा बुधबार हेटौंडामा आयोजित अगुवा कार्याकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले शान्ति, स्थिरता र समृद्धिको जनताको आशा विपरीत मुलुकमा धर्म परिवर्तन, विदेशी चलखेल र भ्रष्टाचार व्याप्त रहेको समेत  जिकिर गरे । गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता षड्यन्त्रमूलक ढंगले लादिएको समेत उनको दाबी छ

कांग्रेस र कम्युनिष्टबीच वैचारिक, चरित्रगत र नीतिगत भिन्नता नरहेको भन्दै थापाले अबको विकल्प राप्रपा मात्र भएको बताएका का छन्  ।

थापाले महाधिवेशनलाई केन्द्रमा राख्दै संगठन सुदृढीकरण अभियान सञ्चालन गर्न मकवानपुरका कार्यकर्तालाई निर्देशन समेत दिए ।

फेसबुक प्रतिक्रियाहरु