शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • स्वास्थ्यकर्मिको सम्बोधन नभएको भन्दै स्वतन्त्र कर्मचारी युनियनले नेपाल मेडिकल कलेजलाइ ध्यनाकर्षण
गोकर्नेश्वोर बिशेष

स्वास्थ्यकर्मिको सम्बोधन नभएको भन्दै स्वतन्त्र कर्मचारी युनियनले नेपाल मेडिकल कलेजलाइ ध्यनाकर्षण

जुनेली न्युज, काठमाडौँ |

नेपाल मेडिकल कलेज स्वतन्त्र कर्मचारी युनियनले स्वास्थ्यकर्मिहरुको हकहितलाई सम्बोधन गर्नबाट बिचलित र विमुख नहुन ध्यानाकर्षण  गराएको छ |

नेपाल मेडिकल कलेजका  कर्मचारीहरुको हक अधिकारको सम्बन्धमा संस्थाले छुटाउने, हटाउने, घटाउने वा कर्मचारीलाई कठित पार्ने कार्य भएको अवस्थामा कर्मचारी यूनियन हात बाधेर नबस्ने भन्दै युनियनका अध्यक्ष किरण केसीले बताउनु भयो |

संस्थाका शेयरधनि सदस्यहरुसंग यस यूनियनले जानकारी लिंदा धेरै शेयरधनि सदस्यहरु हाल भईरहेको बेच बिखनमा संलग्न नरहेको युनियनका सचिब उमेश कार्कीले बताएका छन् |

No description available.

ध्यानाकर्षण पत्रको जस्ताको तेस्तै 

यस प्रा.लि.को शेयर सम्बन्धमा जसरी शेयरधनिहरु कै हक अधिकार रहन्छ त्यसै गरी यस संस्थाको उन्नती र विकासका लागि स्थापनाकाल देखी हाल सम्म यस प्रा.लि.मा कार्यरत कर्मचारीहरुको पनि योगदान रहेको स्मरण गराईरहनु नपर्ला तथापि यस प्रा.लि.को शेयर खरिद, विक्री प्रकृया भईरहंदा कार्यरत कर्मचारीहरु र निजहरु प्रति आश्रीत परीवारका विषयमा संस्थाले मनन गर्नुपर्ने मानविय व्यवहार र दायित्वका सम्बन्धमा संस्थाबाट कुनै पनि प्रकारको पहल वा प्रावधान भएको कुरा प्रष्टिन नआएकोले यस युनियन थप चिन्तित भएको समेत अनुरोध गर्न चाहन्छु।

हाल भईरहेको शेयर खरीद बिक्रीका बारेमा संस्थाका शेयरधनि सदस्यहरुसंग यस यूनियनले जानकारी लिंदा धेरै शेयरधनि सदस्यहरु हाल भईरहेको बेच बिखनमा संलग्न नरहेको तर दुई तिन जना शेयरधनिहरुले मेडिकल माफियाहरुको संलग्नतामा स्वास्थ्य, शिक्षा र बिरामीको उपचारमा खेलवाड गरी संस्थाका कर्मचारीहरु प्रति संस्थाको भुमिका लगायत संस्थाले निभाउनुपर्ने अभिभावकत्ववाट संस्था बिमुख हुँदै गईरहेको स्पष्ट देखीन आएको छ।

विगत डेढ वर्ष देखी फैलिएको कोरोना महामारीमा हौसला प्रदान गर्नुपर्नेमा संस्थालाई बेच बिखनको संघारमा लगि कार्यरत स्वास्थ्यकर्मिहरुमा मनोवैज्ञानिक पास उत्पन्न गराई स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा मानसिक र सामाजिक तनाव सिर्जन भईरहेकोले गर्दा यस यूनियन उल्लेखीत सम्पूर्ण गतिविधिहरुवाट अनभिज्ञ नरहेको र स्वास्थ्यकर्मिहरुको हक हितका लागि सदैब चनाखो रहेको जानकारी गराउन चाहन्छु।

बर्तमान अवस्थामा सम्बन्धित खरिदकर्ता तथा बिक्रिकर्तालाई संस्थाको बिकाशमा अवरोध उत्पन्न नगर्न तथा स्वास्थ्यकर्मिहरुको हकहितलाई सम्बोधन गर्नबाट बिचलित र विमुख नहुन ध्यानाकर्षण गराईन्छ । कथं कदाचित यस प्रा.लि.का कर्मचारीहरुको हक अधिकारको सम्बन्धमा संस्थाले छुटाउने, हटाउने, घटाउने वा कर्मचारीलाई कठित पार्ने कार्य भएको अवस्थामा कर्मचारी यूनियन, सम्पूर्ण कर्मचारीहरुको हक, हितको विषयमा हात बांधेर नवस्ने समेत जानकारी गराउँदै सम्बन्धित सरोकारवालाहरुवाट कर्मचारीहरुको हक हितको सुनिश्चितता होस भनी सचेत गराउँदै यस सम्बन्धमा सजग रहन समेत बिनम्र अनुरोध सहित सुचित गर्दै ध्यानाकषर्ण गराउँदछु।

No description available.

 

 

फेसबुक प्रतिक्रियाहरु