शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कोरोना नियन्त्रणका लागि स्वास्थ्य संकटकाल घोषाणा गर्न राष्ट्रिय युवा गैसस महासंघको अपिल
Breaking News

कोरोना नियन्त्रणका लागि स्वास्थ्य संकटकाल घोषाणा गर्न राष्ट्रिय युवा गैसस महासंघको अपिल

जुनेली न्युज काठमाडौं।

कोरोना महामारीको दोस्रो लहरले विश्व आक्रान्त भएको छ । नेपालमा ४ लाख ५५ हजार २० संक्रमित मध्ये ५ हजार बढीले ज्यान गुमाइसकेका छन् भने दैनिक ७ हजारको हाराहारीमा संक्रमित बढिरहेका छन् । भाइरसको सबैभन्दा बढी प्रभाव अहिले भारत र नेपामा परेको छ । मृत्यु हुनको मुख्य कारण अस्सिजन सिलिण्डर र भेन्टिेलेटर, आइसियू एवम् बेडको अभाव भएको सबैलाई जानकारी नै छ । लाखौं संक्रमित नागरिक संक्रमित हुदाँ हजारौको संख्यामा नागरिकले मृत्युबरण गर्दा पनि सरकारलाई छुदैन । जनता अक्सिजन तथा उपचार नपाएर सडकमै ज्यान गुमाउँदा नेताहरु सरकार गठन र विघठनको दाउमा छन् । कोरोना महामारी नियन्त्रणका लागि देशमा स्वास्थ्य संकटकाल घोषणा गरेर सबैको ध्यान कोरोना नियन्त्रण र रोकथाममा लाग्न सरकार सगं राष्ट्रिय युवा गैसस महासंघ जोडदार माग गर्दछ । कोरोना महामारी रोकथाम नियन्त्रण र नागरिकको जीवन यापन सहज बनाउन महासंघले केन्द्रिय समिति, प्रदेश समिति, जिल्ला समितिहरु परिचालन गर्ने महासंघका केन्द्रिय अध्यक्ष कमल सुबेदीको अध्यक्षतामा आज बसेको सचिवालय समितिले निर्णय गरेको छ ।

राजु सुनार

केन्द्रिय प्रवक्ता

राष्ट्रिय युवा गैसस महासंघ नेपाल

फेसबुक प्रतिक्रियाहरु