बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • रामेछाप उधोग वाणिज्य संघ बागमती प्रदेशको वाणिज्य संघहरु मध्ये उत्कृष्ट कार्य गरेर सम्मानित
रामेछाप बिशेष

रामेछाप उधोग वाणिज्य संघ बागमती प्रदेशको वाणिज्य संघहरु मध्ये उत्कृष्ट कार्य गरेर सम्मानित

चैत २८,

रामेछाप उधोग वाणिज्य संघ बागमती प्रदेशको वाणिज्य संघहरु मध्ये उत्कृष्ट कार्य गरे बापत सम्मानित भएको छ । शनिबार नेपाल उद्योग वाणिज्ज महासंघको ५५ औं साधारण सभा तथा उद्योग वाणिज्य दिवस २०७७ को अवसमा सम्मानित् भएको हो ।

उद्योग व्यापार व्यवसायको विकास र प्रवर्धनमा बागमती प्रदेशबाट ‘ख’ बर्गका उद्योग वाणिज्य संघहरु मध्ये उत्कृष्ट कार्य गरे भन्दै संम्मानित भएको हो । संघका अध्यक्ष केशव घिमिरेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्नमान पत्र हस्तान्तरण गरेका छन् । रामेछाप जिल्लामा ब्यापार ब्यवसायीहरुको सहितमा काम गर्दै आएको संघ सम्मानित भएसंगै काम गर्न थप उर्जा थपिएको संघका कार्यकारी अधिकृत नविन केसीले जुनली न्युसंग कुराकारी गर्दै बताए ।

No photo description available.

उनले आफूहरुलाई सम्मानसंगै उर्जा थपिएको र कार्यप्रतिको मोह बढेको छ भने । रामेछाप उद्योग वाणिज्य संघ २०४९ फागुन २१ गते विधिवत् रुपमा दर्ता भएर संचालनमा छन् । गत फागुन २१ गते संघले आफ्नो २८ औं स्थापना दिवस मनाएको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु