शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • उमाकुण्ड गाउँपालिका उपप्रमुख कार्कीकाे पसलमा आगाेलागी : घरसहित सामान जलेर नष्ट
रामेछाप बिशेष

उमाकुण्ड गाउँपालिका उपप्रमुख कार्कीकाे पसलमा आगाेलागी : घरसहित सामान जलेर नष्ट

चैत २३,
रामेछाप । रामेछापकाे उमाकुण्ड गाउँपालिकाकी उपप्रमुख उर्मिला कार्की (बस्नेत) काे पसलमा आगाेलागि भएको छ । पसल कार्कीका श्रीमान नवराज बस्नेतले चलाउदै आएका थिए ।

साेलुखुम्बु जिल्लाकाे लिखुपिके गाउँपालिकाे किञ्जा भन्ने स्थानमा भाडाकाे घरमा बस्दै आएका बस्नेतकाे पसलमा खाना पकाउने ग्यास लिक् हुदा घरसहित सम्पूर्ण पसलकाे सामान, लत्ताकपडा, रुपैया पैसा, सबै जलेर नष्ट भएकाे छ ।

आगाेले बस्नेतको पसल भएकाे घरसहित अन्य दुई घरमा पनि क्षेति पुर्याएकाे उपप्रमुख तथा पसलकी धनि कार्कीले जुनेली न्युसंग भनिन् । उनी कार्य ब्यस्थाताले रामेछाप जिल्ला बाहिर भएकाले साेमबार राति ८ : ४५ बजे पालिकाकाे २ नं वडा बाम्तिभण्डारमा पुगेकाे जानकारी दिईन् ।

वडा नं १ गुम्देलका स्थानीय नवराज बस्नेतकाे एक दशक भन्दा अघिदेखि विभिन्न व्यापार व्यवसाय गर्दै आएका छन्।
आगाे स्थानीय,प्रहरीसहितको टाेलीले नियन्त्रणमा लिएकाे छ । बस्नेेतकाे पसल साे क्षेत्रकै सबैभन्दा ठूूूलाे लगानीमा संचालन रहेकाे थियाे । आगाेलागीबाट कति क्षेति भएको भन्ने खुल्न नसकेकाे कार्कीले बताएकि छिन् ।               

फेसबुक प्रतिक्रियाहरु