शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बागमती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्धकाे अविश्वासको प्रस्ताव फिर्ता
समाचार

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्धकाे अविश्वासको प्रस्ताव फिर्ता

चैत १८, तस्विर फाइल
काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने एमाले सांसदहरुले नाम फिर्ता लिएका छन् ।

माधव नेपाल समूहका २२ जना सांसदहरु मध्ये एक दुई जनाले नाम फिर्ता लिन बाँकी रहेको प्रदेश सभा सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

प्रदेशमा नेकपा माओवादी केन्द्रका २३ सांसदहरुले भने अविश्वासको प्रस्ताव फिर्ता लिएका छैनन् । गत पुस १० गते नेकपा माओवादीको २३ र नेकपा एमालेकै २२ जना सांसदहरुले हस्ताक्षर गरेर मुख्यमन्त्री पौडेलमाथि अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए।

फेसबुक प्रतिक्रियाहरु