बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विश्वभर कोरोना संक्रमणबाट २७ लाख ९५ हजार ५ सय नाघ्यो
समाचार

विश्वभर कोरोना संक्रमणबाट २७ लाख ९५ हजार ५ सय नाघ्यो

चैत १६,

विश्वभर आजसम्ममा ४ लाख ७२ हजार जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा भारतमा ६८ हजार कोरोना संक्रमित थपिएका छन् । योसंगै भारतमा संक्रमितको संख्या एक करोड २० लाख ३९ हजारमा संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये एक लाख ६१ हजार ८८१ जना संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै २४ घण्टामा मात्रै २९५ जनाको मृत्यु भएको छ ।

यस्तै‚ पछिल्लो २४ घण्टामा ब्राजिलमा ४४ हजार ३००, अमेरिकामा ४० हजार ३००, फ्रान्समा ३७ हजार, पोल्याण्डमा २९ हजार ३०० र टर्कीमा २९ हजारसहित सोही अवधिमा ब्राजिलमा एक हजार ६०५, मेक्सिकोमा ५६७, अमेरिकामा ४७२, रसियामा ३३६, इटलीमा २९७ र हंगेरीमा २२० सहित विश्वभर साढे ६ हजारजना कोरोना संक्रमितको मृत्यु भएको छ।

योसहित विश्वभर हालसम्म मृत्यु हुनेको संख्या २७ लाख ९५ हजार ५०० पुगेको छ। १२ करोड ७७ लाख मानिसमा संक्रमण पुष्टि भएकोमा १० करोड २९ लाख मानिस संक्रमणमुक्त भइसकेका छन्।

फेसबुक प्रतिक्रियाहरु