शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मन्थली एर्पोट नजिकै तराई बासी जस्तो देखिने पुरुष मृत भेटिए
दुर्घटना/अपराध

मन्थली एर्पोट नजिकै तराई बासी जस्तो देखिने पुरुष मृत भेटिए

चैत १५,
रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं १ आकाशे एर्पोट नजिकै एक पुरुष मृत भेटिएका छन् । तराई बासी जस्तो देखिने अन्दाजी ४५/५० वर्षका जस्तो देखिने ठेगाना नखुलेका पुरुष शनिबार राति १० बजेको समयमा एर्पोट नजिकै लडिरहेको अवस्थामा स्थानीयहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरीको टोलीले आकासे कलरको धर्के टिसर्ट, कालो पाईन्ट, सेतो र कलेजी कलरको क्यामोफ्याईज ज्याकेट लगाएको अवस्थामा उनलाई भेटी उद्धार गरि उपचारको लागी तामाकोसी अस्पताल मन्थली ल्याइएकोमा रातिनै १० : ४५ बजे डक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्त प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिए ।

उनको शव अहिले प्राथामिक स्वास्थ्य केन्द्र मन्थलीमा पोष्टमाटमको लागि राखिएको उनले बताएका छन् ।संकेतिक तस्विर

फेसबुक प्रतिक्रियाहरु