शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • माधव नेपाललाई पार्टीले कारवाही गर्छ-ढुङ्गेल (भिडियोसहित)
रामेछाप बिशेष

माधव नेपाललाई पार्टीले कारवाही गर्छ-ढुङ्गेल (भिडियोसहित)

चैत १४,

रामेछाप । नेकपा एमालेका केन्द्रीय सदस्य कैलाश ढुङ्गेलले माधव कुमार नेपाललाई कारबाही गरिने बताएका छन् । नेकपा एमाले मन्थली नगर-काठमाडौं सम्पर्क कमिटीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टीले सोधेको उपयुक्त जवाफ नआएमा पार्टीले कारबाही गर्ने बताए ।

बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका ढुङ्गेलले भने-पार्टीले स्पष्टीकरण सोधेको छ, अस्तिको बैठकले जवाफ मागेको छ, पार्टी भित्र बसेर केपी ओलीलाई पार्टीबाट निकाल्ने-निकाल्ने भन्नेले हामीलाई झन के छाड्थे ? यस्तो आरोपलाउनले माफी माग्नु पर्छ, उपयुक्त जवाफ नआएमा कारबाही गर्छ भने ।

उनले माधव नेपाल प्रचण्डको काँधमा बसेर आफ्नै पार्टी अध्यक्षलाई आरोप लगाउने हुन् भने । पार्टीमा नयाँ पुरानो नहुने भन्दै सबै चुनाव लडेर आएका हुने भएकाले पार्टीको निर्णय विरुद्ध जानेलाई कारबाही भएरै छाड्ने जिकिर गरे ।

उनले माधव नेपाललाई विद्यार्थी संगठको भेला गर्ने अधिकार छ ? भन्दै प्रशन् गरे ।

भिडियो साभार 

https://www.facebook.com/343456072869774/videos/3395212693912742

फेसबुक प्रतिक्रियाहरु