शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • जोशीको निधन प्रति रामेछाप कांग्रेसद्वरा शोक ब्यक्त
समाचार

जोशीको निधन प्रति रामेछाप कांग्रेसद्वरा शोक ब्यक्त

चैत १४,

रामेछाप । नेपाली कांग्रेस रामेछापले पूर्व मन्त्री नविन्द्र जोशीको निधनमा शोक बक्तब्य जारी गरेको छ ।

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका साथै पूर्व काठमाडौं महानगरपालिकाका उप- प्रमुख एंव नेपाल विद्यार्थी संघका महामन्त्री जोशीको मष्तिश्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका बेला शुक्रबार राति ८:२४ बजे मृत्यु भएको थियो ।

जिल्ला पार्टी सभापति लवश्री न्यौपानेले जारी गरेको शोक बक्तब्यमा जोशीको निधनले पार्टीले एक निष्ठवान, कर्मठ नेता गुमाएको उल्लेख छ । साथै मृतकको आत्मको चिरशान्तिको कामना गर्दै शोकाकूल परिवार प्रति ईश्वरले धैरेधारण गर्ने शक्ति प्रदान गरुने भन्नी उल्लेख गरेको छ ।

कांग्रेस रामेछापले जोशीले पार्टी र देश प्रति पुर्याएको योगदानको सम्मान गरेको छ ।

यस्तो छ बक्तब्य ….

No description available.

फेसबुक प्रतिक्रियाहरु