शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नेविसंघ रामेछापले जिल्लाका आठ वटै स्थानीय तहमा इकाई गठन तथा अधिवेशन गर्दै (निर्णयसहित)
रामेछाप बिशेष

नेविसंघ रामेछापले जिल्लाका आठ वटै स्थानीय तहमा इकाई गठन तथा अधिवेशन गर्दै (निर्णयसहित)

चैत्र ०४,

रामेछाप । नेपाल विद्यार्थी संघ (नेविसंघ) रामेछापले संगठन विस्तार सहित लामो समयदेखि हुन नसकेको अधिवेशन गर्ने भएको छ । बुधबार संगठनका पदाधिकारीको बैठक बसि संगठन बिस्तारका लागि जिम्मेवारी समेत बाँडफाड् गरेको छ ।

संगठनले मन्थली सहिद स्मृती बहुमुखी क्याम्पसमा आजको मितिले एक महिना भित्र अधिवेशन गर्ने निर्णय गरेको हो ।  संगठनका पदादिकारीहरुको बैठकले जिल्लाको सदरमुकाम मन्थली स्थित् मन्थली सहिद् स्मृती बहुमुखी क्याम्पस सहित जिल्लाका सबै मा.वि विद्यालयहरुमा संगठनको समिति इकाई गठन गर्नको लागि जिम्मेवारी तोकेको हो । नेविसंघले जिल्लाका आठ वटै स्थानीय तहभित्रका मा.वि विद्यालयहरुमा समिति गठन गर्ने निर्णय गरेको हो । समिति गठन गर्नको लागि मन्थली नगरपालिका भित्र सुन्दर घिमिरे, उत्तम कुमार कार्की, र विमल पौडलेलाई जिम्मेवारी दिएको छ ।

त्यस्तै रामेछाप नगरपालिकामा शुशिलहरी बख्रेल, युवारज सिवेदी र केदार खत्रीलाई इकाई गठन गर्ने जिम्मेवारी सुम्पिएको छ ।

त्यस्तै गोकुलगंगा गाउँपालिकामा धिरज खत्री, सविन बि.कलाई तोकेको छ ।

त्यस्तै उमाकुण्ड गाउँपालिकामा श्रीराम भण्डारी, रमेश कार्की र दिनेश कार्कीलाई नेविसंघको इकाई गठन गर्नको लागि जिम्मेवारी तोकेको छ ।

पदादिकारी बैठकले जिल्लाको लिखु तामाकोशी गाउँपालिकामा विनोद बुढाथोकी र प्रचण्ड सुनुवारलाई समिति गठनको जिम्मेवारी दिएको छ ।

त्यस्तै खाँडादेवी गाउँपालिकामा प्रभाकर ढुङ्गेल, नविन कार्की र महेश भट्टराईलाई नेविसंघको इकाईलाई पूर्णता दिन जिम्मेवारी दिएको छ ।

त्यस्तै दोरम्बा र सुनापति गाउँपालिकामा क्रमश, शुशिल अधिकारी, सुजन घिसिङ्, रुपक खड्का र अमृत भुजेललाई जिम्मेवारी तोकेको हो ।

No photo description available.

No photo description available.

फेसबुक प्रतिक्रियाहरु