मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • रामेछापमा ओली समूहले राख्यो पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड
रामेछाप बिशेष

रामेछापमा ओली समूहले राख्यो पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड

फागुन २५,

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) (एमाले) समूहले आफ्नो पार्टी कार्यालयमा एमालेको बोर्ड राखेको छ । मंगलबार बिहान मन्थलीस्थि पूर्व पार्टी कार्यलयमा ओली समूहका नेता तथा बागमती प्रदेशका आर्थिक मामिला तथा याेजना मन्त्री कैलाश ढुङ्लेले ओैपचारिक रुपमा पार्टी कार्यालयकाे बाेर्ड राखेका हुन ।  जिल्ला अध्यक्ष आनन्द श्रेष्ठसहित अखिल युवा संघ,पार्टी निकट जनवर्गीय संगठन र नेकपा एमाले पार्टीका सदस्य, नेता कार्यकर्तासहितको उपस्थितिमा कटहरको बोट्स्थित पूर्व पार्टी कार्यालयमा एमालेको बोर्ड राखेको हो । (नेकपा) एकिकरण हुनु पहिले एमालेको पार्टी कार्यलय सोही स्थानमा रहेको थियो । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँदाइदिएपछि प्रचण्ड-ओली समूले नेतृत्व गरिरहेको नेकपा खारेज गरेको निर्णयको दीप प्रज्वलन गरेर स्वागत गरेको सो समूहले मंगलबार एमालेको पार्टी कार्यालय स्थापना गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ गते संसद् बिघटन गरेपछि दुई खेमामा टुक्रिएको (नेकपा) ओली समूह र प्रचण्ड-नेपाल समूहको समयमा ओली पक्षका नेताहरुले मन्थली नगरपालिका नगजिकै पार्टी कार्यालयको बोर्ड राखेका थिए ।

No description available.
संसद् बिघटनपछि ओली समूहले राखेको पार्टी कार्यालय

ओली समूह निकट नेकपाले जिल्ला पार्टी कार्यालयको बोड्मा स्थानपना मिति उल्लेख नगरी गत पुष २७ गते बोर्ड राखेको थियो । जिल्ला पार्टी कार्यालयसंगै मन्थली नगर पार्टी कार्यालय, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनिय जिल्ला कमिटी र राष्ट्रिय युवा संघ नेपालको कार्यालय एकै घरमा स्थापना गरेको बोर्ड राखेका थिए ।

आफ्नो समूह निकट् विद्यार्थी संगठनलाई तिवृ रुपमा विस्तार गर्न लागि परेको सो संगठनले पार्टी फुटेरै अघि बढ्नुको बिकल्प नदेखेको दाबी गरेको छ । केन्द्रमा पनि सोमबार बसेको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटीको बैठकले एमाले र माओवादी केन्द्रकै रूपमा अघि बढ्ने निर्णय गरेको सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

फेसबुक प्रतिक्रियाहरु