शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • महिलाहरूले हासिल गरेका राजनीतिक, आर्थिक र सामाजिक उपलब्धीहरूलाई महिला अधिकार तथा लैङ्गिक समानतामा लगाउनु पर्छ-राष्ट्रपति भण्डारी
समाचार

महिलाहरूले हासिल गरेका राजनीतिक, आर्थिक र सामाजिक उपलब्धीहरूलाई महिला अधिकार तथा लैङ्गिक समानतामा लगाउनु पर्छ-राष्ट्रपति भण्डारी

फागुन २४,

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसारभरिका विभिन्न क्षेत्रमा काम गर्ने महिलाहरूले हासिल गरेका राजनीतिक, आर्थिक र सामाजिक उपलब्धीहरूलाई स्मरण गर्दै महिला अधिकार तथा लैङ्गिक समानताको पूर्ण प्राप्तिका लागि लाग्नु पर्ने उल्लेख गरेकी छन् । १११ औं अन्तर्राष्ट्रिय महिला दिवस–२०७७ को शुभकामना सन्देश अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीहरूलाई बधाई दिंदै सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त ब्यक्त गरेकी हुन् । हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाइदै आइएको छ ।

राष्ट्रपति भण्डारीले “महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार” भन्ने राष्ट्रिय संकल्पका साथ हामी यस वर्ष १११औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेका छौं । यस संकल्पलाई साकार पार्न महिला र पुरुषका बीचमा विद्यमान आर्थिक, सामाजिक तथा सांस्कृतिक विभेद हटाउनेतर्फ व्यक्ति, परिवार, समाज, संघसंस्था तथा राज्यका सबै निकायहरू अग्रसर हुनु आवश्यक छ । लैङ्गिक समानता प्राप्तिको अभियानमा जनसङ्ख्याको आधा हिस्सा ओगट्ने पुरुषको पनि सक्रिय सहयोग र सहभागिता पनि उत्तिकै जरुरी हुन्छ रहेको उल्लेख गरेकी छन् ।

त्यस्तै लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारी लगायत सार्वजनिक सेवा, सुविधा र अवसरहरूमा महिलाहरूको समान पहुँच सुनिश्चित हुनु पर्दछ । यसका साथै नेपालको संविधानले व्यवस्था गरेअनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाहरूको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्नको खाँचो महसुस गरेको छु राष्ट्रपति भण्डारीले बताएकी छन् ।file Photo

फेसबुक प्रतिक्रियाहरु