बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • प्रचण्ड-नेपालको आज स्थायी कमिटी बैठक बस्दै : सर्वोच्चको फैसला माथि छलफल हुने, यी विषयमा मुख्य!
समाचार

प्रचण्ड-नेपालको आज स्थायी कमिटी बैठक बस्दै : सर्वोच्चको फैसला माथि छलफल हुने, यी विषयमा मुख्य!

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक बस्ने भएको छ । बैठक आज बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाडामा बस्ने स्थायी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । सर्वोच्च अदालतले गरेको पार्टीको निर्णय बारेमा छलफल गर्न स्थायी कमिटी बैठक डाकेको प्रचण्ड-माधव समूहका प्रवक्ता श्रेष्ठले बताए । आज बस्ने बैठकले सर्वोच्च अदालको निर्णयमाथि  कमिटीको वैठकबाट निर्णय लिईनेछ ।

प्रवक्ता श्रेष्ठले सर्वोच्चको, यो फैसला सोच्नै नसकिने खालको छ र यसले सहज बोध (कमन सेन्स) भएका सबैलाई आश्चर्यचकित र स्तब्ध बनाएको उल्लेख गरेका छन् । यो फैसलाले रिट निबेदकको मागदावी भन्दा बाहिर गएर सरोकारै नभएको असम्बन्धित बिषयमा प्रवेश गरी निर्णय दिएको छ । रिट निवेदकले हामी तात्कालिन दुई पार्टीहरुबीचको एकीकरण र एकीकृत पार्टी निर्माणको वारेमा प्रश्न उठाएको छैन र उठाउन सक्ने बिषय पनि होइन भन्दै श्रेष्ठले रिट निवेदकले पार्टीको नामको बिषयमा मात्र प्रश्न उठाई त्यो नाम आफैलाई दिने मागदावी गरेको प्रतिक्रया दिएकोमा असहमति जनाएका छन् । श्रेष्ठले लेखेका छन्- यो फैसलाले सरोकारै नभएको क्षेत्रमा प्रवेश गरी निर्णय दिने कार्य गरेको छ । तसर्थ यो फैसला अस्वभाविक छ ,संविधान एवं कानूनको बिरुध्दमा छ , राजनीतिक आग्रह प्रेरित छ , बितण्डतापूर्ण छ र गलत छ ।यो फैसला प्रति हाम्रो गम्भीर असहमती छ ।

तर ओली पक्षले एमाले बुजिएको भन्दै हिजो साँझ देशका विभिन्न ठाउँमा दीप प्रज्वलन गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु