मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • प्रधानमन्त्री ओली सिन्धुली आउदै : यसरी सजाईयो मञ्च (फोटोफिचर)
Uncategorized

प्रधानमन्त्री ओली सिन्धुली आउदै : यसरी सजाईयो मञ्च (फोटोफिचर)

फागुन २०,

रामेछाप । प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुली आउने भएका छन् । राष्ट्रिय गौरवको आयोजना सुनकोसी-मरिण डाइभर्सन बहुउद्देश्यीय परियोजनाको शिलान्यास गर्न प्रधानमन्त्री ओली आज सिन्धुली आउने भएका हुन् ।

प्रधानमन्त्री ओली आउने भएसंगै सिन्धुलीको सुरक्ष ब्यवस्था कडा पारिएको छ । बुधबारदेखिनै कार्यक्रमको तयारी गरिएको आयोकले जनाएको छ ।

प्रधानमन्त्री ओली बिहान ११ बजे सिन्धुली प्रस्थान गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्रीको साथमा राष्ट्रिय योजना आयोगका पदाधिकारी र मन्त्रीहरुसमेत सहभागी हुने बताए । शिलान्यासस्थल सदरमुकाम सिन्धुलीमाडीबाट ११ किलोमिटर टाढा पर्दछ ।

आर्थिक वर्ष ०७७÷७८ का लागि सरकारले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लागि दुई अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

राष्ट्रिय गौरवको यो आयोजना मुख्य रूपमा सिँचाइमा केन्द्रित छ । पानी डाइभर्सन गर्दा बिजुली पनि उत्पादन हुने भएकाले यसलाई बहुउद्देश्यीय आयोजना भनिएको हो ।

यो आयोजनालाई २ नम्बर प्रदेशको कृषि क्षेत्र सुधारको अभियानको रूपमा व्याख्या गरिँदै आएको छ । बागमती प्रदेशको जलस्रोतलाई प्रदेश २ मा पु¥याएर कृषि उत्पादन बढाउन आयोजना फलदायी हुने सरकारको दाबी छ ।

करिब ४६ अर्ब लागतको यो आयोजना निर्माणका लागि सुरुङमार्गको डिजाइन सकिएको छ । अहिले बाँधस्थलको डिजाइनको पुनरावलोकन भइरहेको छ । यो आयोजनाका लागि सुनकोशीबाट मरिनसम्म १३ किलोमिटरको सुरुङ निर्माण गर्नुपर्नेछ ।

तामाकोशी र सुनकोशी मिसिने स्थानभन्दा ७ सय मिटर तल बाँध बाँधेर सुनकोशीको पानी सुरुङमार्फत मरिनमा खसालिनेछ । मरिनको पानी वागमतीमा पुग्नेछ र वागमती सिँचाइ आयोजनामार्फत थप एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउन सकिनेछ । मरिनमा खसेको पानी ४० किलोमिटर तल वागमती नदीमा बाँधिएको बाँधमा पुगेर सिँचाइ नहरमा लगिनेछ ।

मरिनमा पानी खसाल्दा विद्युत गृह पनि बनाएर २९ मेगावाट बिजुली उत्पादन गर्ने योजना छ ।

तस्विर : TN Ghimire को फेस्बुकबाट साभार 

May be an image of text that says 'नेपाल रकार उर्जा, जलसोत तथा सिंचाइ मन्त्रालय जलसोत तथा सिंचाई विभाग सुनकोशी मरिन डाईभर्सन बहुउदेश्यीय आयोजना Sunkoshi Marin Diversion Multipurpose Project आयोजना निर्माण कार्यको शिलान्यास समारोह (Stone Laying Ceremony) २०७७ फाल्गुण २० (4th March, 2021)'

May be an image of standing and outdoors

May be an image of outdoors

No photo description available.

फेसबुक प्रतिक्रियाहरु