फागुन १८,
काठमाडौं । काठमाडौँ गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे चढेको गाडी ताप्लेजुङ्ग जिल्ला सुकेटार विमानस्थल नजिक आइतबार फागुन १६ गते दुर्घटनामा परेको थियो | विभिन्न प्रयोजनको लागि मेयर सन्तोष चालिसे सहित नगरपालिकाका प्रतिनिधि, वडाका प्रतिनिधीहरु भ्रमणमा गएका थिए |दुर्घटना सामान्य रहेको र सबै जना सकुशल रही आज काठमाडौँ फर्कदै गरेको गोकर्नेश्वोर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसालले जुनेली न्युजलाई जानकारी दिए ।
दुर्घटनामा मानवीय क्षेती नभएको उनले बताए । मेयर चालिसे सकुशल छन् भने, कांग्रेस एकाई सभापति किरण विष्टलाइ सामान्य चोट लागेको उनले बताए । घाईते विष्ट र वडाअधक्ष्य राम मानन्धरलाई विराटनगर विमानस्थलबाट काठमाडौँ पठाइएको थियो ।
मे १ ज २६३७ नम्बर को उक्त गाडीमा मेयर चालिसे, नगरपालिका प्रमुख सल्लाहकार दिपक रिसाल, सभापति किरण विष्ट सहित १० जना सवार थिए। बाक्लो हुस्सुको कारण गाडी दुर्घटनामा परेको थियो । पाथिभरा दर्शन गर्न जाने क्रममा दुर्घटना पश्चात पनि मेयर सन्तोष चालिसे सहितको समूह मन्दिर दर्शन गरेर फर्केका थिए |
फोटो : दिपक रिसालको फेसबुकबाट साभार
फेसबुक प्रतिक्रियाहरु