शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सुनको भाउ तोलामा १७ सय रुपैयाँले घट्यो
आर्थिक

सुनको भाउ तोलामा १७ सय रुपैयाँले घट्यो

फागुन १८,

काठमाडौं । सुनको भाउ तोलामा एक हजार ७ सय रुपैयाँले घटेको छ । हिजो ८८ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावल सुनको भाउ मंगलबारकालागि ८७ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ घटबढमा अन्तराष्ट्रिय बजार मूल्य नै प्रमुख कारण भएको महासंघले जनाएको छ । यस्तै आजका लागि तेजावी सुनको भाउ ८६ हजार ५५० रुपैयाँ कायम भएको छ ।

सुनसंगै चाँदीको भाउ पनि ओरालो लागेको छ । हिजो प्रतितोला १३४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आजका लागि ४० रुपैयाँले घटेर १२९० रुपैयाँमा झरेको छ ।

फेसबुक प्रतिक्रियाहरु