फागुन १७,
काठमाडौं । राष्ट्रपति बिधादेवी भण्डारीले प्रतिनिधि सभाको बैठक डाकेकी छन् । भण्डारीले आउदो फागुन २३ गते अर्थात् आउँदो आइतबारको लागि प्रतिनिधिसभाको हिउँदे अधिवेशन आह्वान गरेकी हुन् ।
प्रतिनिधि सभा पुःस्थापनापछि पहिलो पटक संसद् बैठक डाकिएको हो । सर्वोच्च आदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिपारिसमा राष्ट्रपति बिधादेवी भण्डारीले गत पुष ५ गते बिघटित् गरेको संसद् फागुन ११ गते पुःनस्थापना गरेको छ ।
मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति भण्डारीले २३ गते दिउँसो ४ बजेको लागि बैठक आह्वान गरेकि हुन् ।
फेसबुक प्रतिक्रियाहरु