बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • लिखु-४ जलविद्युत आयोजनामा पानी पठाएर परीक्षण सुरु : तटिए क्षेत्रका बासिन्दालाई सचेत् हुन आग्रह
रामेछाप बिशेष

लिखु-४ जलविद्युत आयोजनामा पानी पठाएर परीक्षण सुरु : तटिए क्षेत्रका बासिन्दालाई सचेत् हुन आग्रह

फागुन १६, प्रविन मुनाल

ओखलढुङ्गा । ओखलढुंगा र रामेछाप जिल्लाको सीमाक्षेत्रमा निर्माणाधीन लिखु–४ जलविद्युत आयोजनाको परीक्षण थालिएको छ । ५२.४ मेगावाट क्षमताको लिखु–४ जलविद्युत आयोजनाको हिजोदेखि लिखु नदीको बाँधबाट सुरुङमार्फत पानी पठाएर परीक्षण सुरु गरिएको ओखलढुङ्गाको लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द पौडेलले जानकारी दिए ।

उक्त जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा रहेको र परीक्षण कार्य सफल भएपछि उत्पादित विद्युत वितरण तथा बढी भएको विद्युत राष्ट्रिय प्रसारणमा लाइनमा जोड्ने प्रक्रिया थालिने पौडेलले बताए ।

निर्माण कम्पनी ग्रीन भेन्चर्स लिमिटेडका प्रोजेक्ट डेभलपमेन्ट म्यानेजर बद्री रिजालले परीक्षण कार्य फागुन १९ गतेसम्म जारी रहने बताए । उनका अनुसार सो अवधिमा लिखु नदीको बहाव थपघट भइरहने हुनाले आवश्यक सतर्कता अपनाउन आसपासका नागरिकलाई आग्रह गरिएको छ ।

नदी तर्ने, माछा मार्ने जस्ता कार्य गर्दा जोखिमयुक्त हुने भएकाले आयोजनाको तल्लो तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरे । बाँधमा पानी थुन्नु र खोल्नुअघि पूर्वसूचना स्वरूप बिमिरेदेखि ढाँडेसम्म साइरन बजाउने व्यवस्था मिलाएको उनले बताए ।file Photo

फेसबुक प्रतिक्रियाहरु