फागुन १५,
रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पुका बहालवाला सचिवनै कांग्रेसमा प्रवेश गरेका छन् । नेकपाले जनतालाई धोका दिएको र राष्ट्रघाती पार्टी भएको थाहा पाएकाले आफू कांग्रेस प्रवेश गरेको सिताराम खड्काले बताए । उनले जनताको पार्टी भनेको कांग्रेस मात्रै हुने उनले जिकिर गरे ।
कांग्रेस रामेछापको पार्टी कार्यालय, रामेछापमा केन्द्रीय सदस्य युवा नेता प्रदिप पौडेलले उनलाई पार्टी प्रवेश गराएका छन् । कार्यक्रममा कांग्रेस रामेछापका नेताहरुको सहभागिता रहेको थियो ।
फेसबुक प्रतिक्रियाहरु