बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • रामपुरमा घरमा बसिरहेका बृद्धमाथि निर्घात् कुट्पिट्ः तीन वटा करङ् भाँचियो, अवस्था गम्भिर
दुर्घटना/अपराध

रामपुरमा घरमा बसिरहेका बृद्धमाथि निर्घात् कुट्पिट्ः तीन वटा करङ् भाँचियो, अवस्था गम्भिर

फागुन १५,

रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा घरमा बसिरहेका अवस्थामा एक जना बृद्धा निर्घात् कुटिएका छन् । कुट्पिट्बाट उनको तीन वटा करङ भाचिएको जिल्ला अस्पताल रामेछापलाई उदृत् गर्दै रामेछाप प्रहरीले जनाएको छ ।

गत बिहिबार साँझ ७ : १५ बजेको समयमा घरमा बसिरहेका बेला रामपुर निवासी ७१ वर्षीय रामबाबु तामाङ्लाई सोही ठाउँका २८ वर्षीय दिपक तामाङ्ले घरमै गएर कुट्दा ७१ वर्षीय तामाङ्को तीन वटा करङ भाँचिएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका एक प्रहरी अधिकारीका अनुसार आज शनिबार परेकाले उजुरी दर्ता गर्न अलि समस्या भएको छ, उजुरी लिएर पीडित् परिवारका सदस्य आई सकेका छन्, दर्ता हुन्छ भने । कुट्पिट्बाट तामाङ्को दुबै पट्टीको गाला सुनिएको छ, आँखा सुनिएको छ र ढाड्को तीन वटा करङ् भाचिएको छ, प्रहरी अधिकारीले जुनेली न्युजसंग भने ।

कुट्पिट्बाट गम्भिर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल रामेछाप ल्याएको र अस्पतालले करङ् भाँचिएको यहाँ सम्भव छैन भनेपछि काठमाडौं लगिएको छ । कुट्पिट् गर्ने तामाङ्लाई प्रहरीले नियन्त्रणमा लिसेको जनाएको छ । उनको अबस्था गम्भिर रहेको छ । file Photo

फेसबुक प्रतिक्रियाहरु