बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • ट्राफिक प्रहरीलाई एक हजार घुष दिन खाेज्ने लिखु तामाकोसीका श्रेष्ठ प्रहरी नियन्त्रणम
दुर्घटना/अपराध

ट्राफिक प्रहरीलाई एक हजार घुष दिन खाेज्ने लिखु तामाकोसीका श्रेष्ठ प्रहरी नियन्त्रणम

फागुन १२,
रामेछाप । रामेछापमा प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खाेज्ने एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा लिखु तामाकोसी गाउँपालिका ६ खिम्तीका २८ वर्षीय ज्ञाननारायण श्रेष्ठ हुन् ।

काठमाण्डौंबाट भक्तपुरतर्फ जाँदै गरेको बा.८४ प ७१९५ नम्वरको मोटरसाइकलले चेकिङमा खटिएको ट्राफिक प्रहरीलाई सामान्य ठक्कर दिएकाे थियाे । थप जाँचबुझ गर्दा ट्राफिक प्रहरीलाई श्रेष्ठले उल्टै प्रहरीलाई प्रहरीलाई नगद १ हजार रुपैयाँ दिन खाेजेका हुन् ।

उनले मध्यपुरठिमी नगरपालिका १ मनहरास्थित डिउटीमा खटिएको प्रहरीलाई प्रलोभनमा पारेका थिए ।

आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा ललितपुरबाट श्रेष्ठलाई गत मंगलबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको काे छ । file photo

 

फेसबुक प्रतिक्रियाहरु