फागुन ०९,
रामेछाप । रामेछापको मन्थलीस्थित्, मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा पुनः रामचन्द्र घिमिरे (वियोगी) निर्विरोध चयन भएका छन् । शनिबार भएको एक भेलाबाट वियोगीलाई पुःनह् अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
यसअघि सोही क्याम्पसका पूर्व क्याम्पस् प्रमुख गुञ्जबहादुर श्रेष्ठबीच प्रतिस्प्रर्धा हुने भनिएको थियो । तर शनिबार भएको भेलाले सर्वसमत् रुपमा सहमति गर्दै वियोगिलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।
त्यसैगरी क्याम्पसको समितिमा अन्य ५ जना सदस्यहरु पनि निर्विरोध चयन भएका छन् । चयन हुनेहरुमा प्रकाश कुमार कार्की, उज्वल सुवेदी, रमेश ढुंगेल, युवराज सुवेदी, देवीका पौडेल रहेका छन् ।
त्यसैगरि क्याम्पस प्रमुख ऋषी कार्की सदस्य सचिवमा चयन भएका छन् । त्यसैगरी सञ्चालक समितिको बैठकले गंगालाल गोले, कुमार श्रेष्ठ, दिनेश सुवेदी, गंगा अधिकारीलाई क्याम्पस सञ्चालक समितिको सदस्यमा मनोनित गरेको छ ।file photo
फेसबुक प्रतिक्रियाहरु