आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • भ्रष्टाचार नियन्त्रणका विषयमा कडाइ गर्न राष्ट्रपति भण्डारीको आग्रह
समाचार

भ्रष्टाचार नियन्त्रणका विषयमा कडाइ गर्न राष्ट्रपति भण्डारीको आग्रह

माघ २८,

काठमाडौं । राष्ट्रपति विधादेवी भण्डारीले अख्तियारले देशमा भएका भ्रष्चारीलाई बाहिर ल्याउनु पर्ने बताएकी छन् । भ्रष्ट्रचार मुक्त देश निर्माण हुनु पर्ने उनको भनाई छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं वार्षिक उत्सवकालाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भ्रष्चारिलाई कडाइकासाथ  कार्वाही गर्न आग्रह गरिन् ।

‘मुलुकमा भ्रष्टाचारको प्रभावकारी नियन्त्रण हुन सकेन भने राज्यका स्रोतहरू दुरुपयोग भइ समग्र राज्य प्रणालीलाई नै जर्जर बनाउने हुँदा भ्रष्टाचार नियन्त्रणका विषयमा कडाइका साथ प्रस्तुत हुन जरुरी देखिन्छ’ राष्ट्रपति भण्डारीले भनिन् ।

राजनीतिक, आर्थिक, सामाजिक लगायत समग्र पक्षमा हुन सक्ने अव्यवस्था र गैरकानुनी विचलनलाई समूलरुपमा अन्त्य गर्न सकेमात्र समष्टिमा भ्रष्टाचार न्यूनीकरण हुँदै जाने उनको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु