शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • ताप्लेजुङ केन्द्रबिन्दु भएर ५‍.४ रेक्टर स्केलको भूकम्प
दुर्घटना/अपराध

ताप्लेजुङ केन्द्रबिन्दु भएर ५‍.४ रेक्टर स्केलको भूकम्प

माघ २७,

काठमाण्डाै । आज नेपालमा भुकम्पको धक्का गएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङ्गोला केन्द्रबिन्दु भएर बिहान ७ : ३५ मिनेटमा ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

ताप्लेजुङ सदरमुकामसम्म नै भूकम्पको धक्का महशुस गरिएको स्थानीय बासिन्दा विवश केदेमले जानकारी दिए । ओलाङचुङ्गोलामा भूकम्पले भौतिक संरचनाहरु हल्लाए पनि क्षति भने नभएको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन लामाले बताए ।

फेसबुक प्रतिक्रियाहरु