मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • मृतक मेरमानको परिवारलाई गाउँपालिकाद्वरा राहात हस्तान्तरण
Uncategorized

मृतक मेरमानको परिवारलाई गाउँपालिकाद्वरा राहात हस्तान्तरण

माघ २६,

रामेछाप । गोकुलगंगा गाउँपालिकाले पीडामा परेका एक परिवारलाई राहात वितरण गरेको छ । आज (सोमबार) गाउँपालिकाका प्रमुख खड्क सुनुवारसहितको टोलीले वडा नं ३का स्वार्गीत मेयरमान बिकको परिवारलाई खाध्यन्न, आर्थिक सहयोग गरेको हो ।

मेयरमानको गत माघ ४ गते काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको थियो । उनलाई उनकै छिमेकी गाउँकै अगुवा ‘सागा’ भन्ने साङतेन्जी शेर्पाले कुटेर मारेको भन्ने परिवारको आरोप छ । शेर्पालाई प्रहरीले प्रकाउ गरि जिल्ला प्रहरी कार्यलयको हिरासतमा राखेको छ ।

उनको दुई जनाबीच सामान्य विषयमा भनाभन भई कुटाकुट हुदा अण्डकोष फूटेर ज्यान गएको पोष्टमाटम रिपोर्टबाट पत्ता लागेको अस्पतालले जनाएको छ । उनको मृत्यु भएपछि बेसाहारा बनेको मेरमानको परिवारलाई आज गाउँपालिकाले नगद १० हजार हजार, चामल तीन बोरा, दाल ५ केजी, नुन ५ पोका, त्रिपाल २ गोटा र ओड्ने सिरक सहयोग गरेको प्रमुख प्रशासकिय अधिकृत ओम प्रसाद सुवेदीले जुनेली न्युजलाई जानकारी दिए ।

उनका अनुसार मेयरमानका ६ जनाको परिवार, चार छोरा, एक छोरी र मृतक मेयरमानकी श्रीमती रहेकी छन् । उनीहरुको अवस्था निकै नाजुक भएको रहेको छ । उनीहरुले आफ्ना बुबा, श्रीमानको मृत्यु कुट्पीटबाटै भएको भन्दै अपराधीलाई कारबाही हुनै पर्ने माग गर्दै आएका छन् ।

फेसबुक प्रतिक्रियाहरु