माघ २५,
रामेछाप । नेपाली काँग्रेसका पूर्व महासमिति सदस्य डा. सुमन कर्माचार्यले नेपालको गणतान्त्रिक आन्दोलनमा पेशाकर्मीहरुको महत्वपूर्ण योगदान रहेकाले गणतन्त्रको बताएका छन् । आइतबार नेपाल शिक्षक संघ खाँडादेवी गाउँपालिका स्तरीय स्थानीय प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
संघको आइतबार गाउँसभा भएको थियो । संघका स्थानीय गाउँपालिकाका अध्यक्ष पदम बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न प्रतिनिधि सभामा नेपाली काँग्रेस खाँडादेवी गाउँ पालिकाका सभापति तेज घिसिङ्ग, पत्रकार हिमाल ढुंगेल, नेपाल शिक्षक संघका हरिनारायण श्रेष्ठ, शिक्षक महासंघका खोमलाल श्रेष्ठ, शिक्षकहरु मनोज बुढाथोकि, पदम श्रेष्ठ लगायतका बक्ताहरुले आ आफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रममा उक्त गाउँपालिकाका ९ वटा वडाका नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा निवृत्त शिक्षक रामप्रसाद पौडेललाई सम्मान समेत गरिएको थियो ।
फेसबुक प्रतिक्रियाहरु