शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • कम्प्युटर एसोशियसन नेपाल महासंघको (क्यान) रामेछापको अध्यक्षमा सापकोटा निर्वाचित्
रामेछाप बिशेष

कम्प्युटर एसोशियसन नेपाल महासंघको (क्यान) रामेछापको अध्यक्षमा सापकोटा निर्वाचित्

माघ २४

रामेछाप । कम्प्युटर एसोशियसन नेपाल महासंघको (क्यान) रामेछापको अध्यक्षमा निरज सापकोटा चयन भएका छन् । शनिबार मन्थलीमा सम्पन्न भएको प्रथम साधारण सभा तथा अधिवेशन मार्फत क्यानको अध्यक्षमा सापकोटालाई जिम्मेवारी दिएको हो ।

क्यानको विधान अनुसार दुई जना मनोनित पदादिकारी र सात जना निर्वाचन प्रणाली मार्फत ९ सदस्यी कार्यसमिति गठन गरिएको हो ।

यसअघि गत माघ ३ गते सापकोटाको संयोजकत्वमा ५ सदस्यीय तदर्थ समिति गठन गरेको थियो । सोही समितलाई निरन्तर्ता दिदै पदादिकारीहरुको जिम्मेवारी टुङ्गो लगाएको हो ।

सम्बन्धित समाचारहरु
आफूले लिएको जिम्मेवारी निर्धारित समयमा गर्न नसक्नेले राजिनाम दिनु पर्छ- क्यान सचिव दुलाल
क्यान रामेछापको संयोजकमा निरज सापकोटा चयन (तस्बिरहरु)

जसमा उपाधक्ष्यमा ददिलाल नेपाल,सचिवमा राजु श्रेष्ठ (विजय), कोषध्यक्षमा झनक बहादुर बुढाथोकी चयन भएका छन् । त्यस्तै क्यानको सदस्यहरु जीनव घताने र नवजार श्रेष्ठ चयन भएका छन् । बाँकि दुई सदस्यहरु मनोनित गरेर राख्ने बताइएको छ ।

समिति गठन कार्यक्रम तथा साधारण सभामा केन्द्रीय सचिव शेखरनाथ दुलालले, प्रेस युनियन बागमती प्रदेशका प्रदेश सदस्य बद्री नयाँ घरे, युनियनका जिल्ला अध्यक्ष अप्रिल अधिकारी, क्यानका केन्दीय अन्य पदादिकारीहरु, नेपाल बार एसोशिएसन रामेछापका अध्यक्ष विचारसिंह मोक्ता, क्यानमा आवद्ध अन्य सदस्यहरु, जिल्लामा कम्प्युटर तथा स्टेस्नरी ब्यवसायमा आबद्ध ब्यवसायीहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु