माघ २४,
रामेछाप । कम्प्युटर एसोशियसन नेपाल महासंघको (क्यान) का केन्द्रीय सचिव शेखरनाथ दुलालले संगठनमा बसेर राजनीति नगर्न आग्रह गरेका छन् । आफूले लिएको जिम्मेवारी निर्धारित समयमा गर्न नसक्नेले राजिनाम दिनु पर्ने उनको भनाइ छ ।
रामेछापको सदरमुकाम मन्थलीमा प्रथम साधारण सभा तथा नयाँ कार्यासमिति गठन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले प्रविधिको क्षेत्रलाई फराकिलो बनाउनु पर्ने सुझाव दिए ।
उनले भने- कुनै पनि संगठमा बसेर दिएको जिम्मेवारी पूरा गर्नु पर्छ, राजनीति हैन, यो संगठनभित्र राजनीति नगर्नुहोला, आफूदक्ष भने रामेछापका सबै स्थानीय तहहरुलाई प्रविधिमैत्री बनाउनु होला, क्यानको केन्द्रबाट गर्नु पर्ने सबै सहयोग गर्न तयारछौं भने । उनले क्यानले हालसम्ममा ५८ वटा जिल्लामा शाखा विस्तार गरिसकेको जानकारी दिदै रामेछापमा नवगठित् समितिले आगामी साधारण सभासम्म पुग्दा बागमती प्रर्दशकै उत्कृष्ठ काम गर्ने भने । उनले सुचना प्रविधिको प्रयोगविना देश त के जिल्लाहरुको पनि विकास हुदैन भने ।
बागमती प्रदेश अन्तर्गतका जिल्ला शाखाहरू विस्तार मध्ये नवौं शाखाको रूपमा रामेछापमा शाखा गठन गर्ने गरेको क्यानले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु