मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • मन्थलीमा निशुःल्क ड्राइभिङ् तालिम सुरु
रामेछाप बिशेष

मन्थलीमा निशुःल्क ड्राइभिङ् तालिम सुरु

माघ १६,

रामेछाप । रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले निशुःल्क ड्राइभिङ् तालिम सुरु गरेको छ ।

शुक्रबार नगरप्रमुख रमेश कुमार बस्नेतले नगरपालिकाको वडा नं १ स्थित सानीमदौको खेल मैदानमा एक कार्याक्रमकाबीच निशुःल्क तालिमको उद्घाटन गरेका हुन् ।

तालिममा नगरपालिकाभित्रका १४ वटै वडाका विपन्न, पीछाडिएका महिला, दलित, एकल महिला र उधमशिल बन्न ईच्छुक महिलाहरुलाई निशुःल्क रुपमा एक महिनादेखि २ महिना सम्म चल्ने तालिम सुरु भएको नगरपालिकाका सामाजिक तथा आर्थिक शाखाका प्रमुख दिपक सुवेदीले जुनेली न्युजलाई जानकारी दिए ।

उनले भने-हामीले निशुःल्क तालिम सुरु गरेका छौं, १५ जना महिलाहरुको सहभागित रहेको छ, यो तालिम उनीहरुलाई गाडीको लाइसेन्स् लिनसक्ने बनाउनजेल तालिम संचालन गर्नेछौं, महिला सशक्ति करण तालिम अन्तरगत चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अन्तरगत तालिम चलाएका हौं भने ।

तालिम उत्घाटन् गर्दै नगरप्रमुख बस्नेतले नगरपालिका महिलाहरुको सम्पूर्ण पक्षको विकास गर्न लागि परेको बताए । उनले तालिममा सहभागी भएकाहरुले ध्यान दिएर आफ्नो लक्ष्य हाँसिल् गर्न आग्रह गरे । फोटो नवीन कार्कीको फेस्बुकबाट

फेसबुक प्रतिक्रियाहरु