बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • रामेछापमा अपराधीक गतिविधी कानुन सम्बत् तरिकाले रोक्ने छु, आन्तरिक शुद्धिकरण हुन्छ-डीएसपी (भिडियो)
रामेछाप बिशेष

रामेछापमा अपराधीक गतिविधी कानुन सम्बत् तरिकाले रोक्ने छु, आन्तरिक शुद्धिकरण हुन्छ-डीएसपी (भिडियो)

माघ ११,

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख नवजार ढुङ्गानाले कानुन सम्बत् तरिकाले काम गर्ने प्रतिबद्धता जनाएका छन् । जिल्लामा आफू रहुञ्जेल अपराधीक गतिविधी नहुने जिकिर गरे ।

शुक्रबारदेखि जिल्ला प्रहारी कार्यालय रामेछापमा प्रमुखको जिम्मेवारी समालेका ढुङ्गानाले पहिलो पटक जिल्लामा रहेका राजनीतिक दल, पत्रकार, ब्यवसायीहरुसंघ आइतबार भेटघाट तथा परिचय गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । आफ्नो कुनै ब्यक्तिगत् स्वार्थ नरहेको स्पष्टिकरण दिदै उनले जिल्लामा गुण्डा गर्दी चल्न नदिने बताए ।

उनले सत्य तथ्य सुनेर पीडितले न्यायको अनुभुती पाउने गरि काम गर्ने बताए । उनले भने-पहुचको आधारमा गरिने प्रहरी प्रशासनको कामलाई आफूले निस्पक्ष तरिकाले गर्ने छु। टिम पहिले शुद्ध हुनु पर्छ, म बनाउने छु, आन्तरिक शुद्धिकरण पहिलो प्राथामिकता दिने छु, प्रहरीबाट कतै गल्ती भएको थाहा पएमा खबर गरिदिनुहोला,कारबाही गर्ने छु भने ।

प्रहरी कानुन कार्यान्वय गर्ने निकाय भएकाले आफूहरु मान्छे तौलिएर काम गर्ने पक्षमा नरहेको भने । नो कम्प्रमाईज नीति अन्तर्गत काम गर्छु भने । अपराधको प्रकृतिका आधारमा कारबाही गर्नेछु भने । सामाज र ब्यक्ती प्रभावीत् हुने अवस्थामा कम्प्रमाईज् हुदैन भने ।

बाँकि भिडियोमा…….

भिडियो हेर्नुहोस्,,,, च्यानल subscribers गरिदिनुहोला

फेसबुक प्रतिक्रियाहरु