आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • जनतालाई शान्ति सुरक्षाको प्रत्याभूती गराएर सरुवा भए डीएसपी पाठक (भिडियो)
रामेछाप बिशेष

जनतालाई शान्ति सुरक्षाको प्रत्याभूती गराएर सरुवा भए डीएसपी पाठक (भिडियो)

माघ ०८,

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख वसन्त पाठकले आफूसधै न्याएको पक्षमा रहेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । नयाँ प्रहरी कुनै पनि ठाउँमा प्रवेश गर्दा त्यो ठाउँका मानिसले प्रहरीको कामलाई भन्दा पनि कुन पार्टीको हो ? भन्ने सबैभन्दा पहिले सोध्ने-खोज्ने र उसको चरित्रिक स्वाभावलाई नियाल्न खोज्ने परिपाटी अन्त्य हुनु पर्नेमा उनको जोड् छ ।

बिहिबार जिल्ला प्रहरी कार्यालय रामेछापमा भएको फेरी भेटौला कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । जिल्लामा रहेका पत्रकारहरुसंग प्रहरीले राखेको फेरी भेटौला कार्यक्रमा उनले भने- म सधै न्यायको पक्षमा रहेर काम गर्ने मान्छे हु, अपराध गर्नेले सजाय पाउनै पर्छ, चाहे जस्तो सुकै पहुँच र पावर भएको मान्छे होस्, अपराधी भनेको अपराधिनै हो, उसले उन्मुक्ति तबमात्रै पाउने ठाउँ हुन्छ, जब पीडित पक्षले न्याएको अनुभूति गरेको हुन्छ, म आजसम्म त्यही गर्दै आएको छु, सधै यहीबाटोमा रहने छु, ।

जिल्लामा प्रवेश गरेदेखि आफ्नो कार्यकालमा भएगरेका सबै कामको बारेमा जानकारी दिदै प्रमुख पाठकले आफ्नो क्षमता र बुद्धिले भ्याएसम्म निष्पक्ष तरिकाले काम गरेको दाबी गरे । जिल्लामा उनी कार्यारत रहदा शान्ति सुरक्षाको प्रत्याभूति भएको नागरिकहरुले आभाष गरेका थिए । उनको हाल सरुवा भएको छ ।

भिडियो हेर्नुहोस्

फेसबुक प्रतिक्रियाहरु